News Portal

  • सामाजिक अभियान्ताद्वारा वडा कार्यालयलाई चामल सहयोग

    रातोपोस्ट संवाददाता
    ४६५ पटक

    झापा। सडकदेखि गाउँ स्तरसम्म राहत बितरणमा सक्रिय झापाका सामाजीक अभियान्ताले मेचीनगर वडा नम्बर – १ लाई राहत सामग्री दिएका छन ।

    डकडाउनको समय कोहि भोकै मर्नु नपरोस भन्ने उद्देश्यले सुरु गरिएको अभियान अन्र्तगत शनिबार मेचीनगर नगरपालिका वडा नम्बर – १ लाई राहत सामग्री प्रदान गरिएको हो । अभियन्ता सञ्चारकर्मी खगेन्द्र घिमिरे, सचिन न्यौपाने, नरेश मोहरामार्फत वडालाई चामल उपलब्ध गराइएको हो ।

    नगर र वडाबाट पहिलो चरणको राहत बितरण सकिएपछि गाउँमा रहेका जनताहरुमा थप राहत आवश्यक परेकाले वडा नम्बर – १ बाटअभियान सुरु गरिएको अभियन्ता नरेश मोहराले बताए । मेचीनगर नगरपालिका  – १ का  वडाअध्यक्ष पासाङ तामाङलाई राहत सामग्री ३३ बोरा  चामल हस्तान्तरण गरिएको थियो । वडाध्यक्ष तामाङले उक्त खाद्यान्न केहि दिन भित्र विपन्न परिवारको घरसम्म पुर्याउने बताए ।

    अभियानलाई स्वदेश तथा बिदेशका दाताहरुले सहयोग गर्दै आएका छन् । यसअघि जिल्ला कारागार र गाउँमा पुगेर राहत तथा आवश्यक सामग्री बितरण गर्दै आएको अभियन्ता घिमिरेले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)