News Portal

  • १८ जना बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

    रातोपोस्ट संवाददाता
    ३२३ पटक

    काठमाण्डाै।  बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ ।

    नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर न्यारोबडी जहाज सवा १० बजे ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशकाे दूतावासले जहाज चार्टर्ड गरेको हो ।

    जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा पनि काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण बढ्न थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गर्दै आफ्ना नागरिक लैजान थालेका छन् ।

    शनिबार मात्रै भुटानले दुई जनाका लागि जहाज चार्टर्ड गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)