News Portal

सम्पर्क समितिद्वारा मेची अभियानलाई ४० हजार सहयोग

रातोपोस्ट संवाददाता
४५८ पटक

झापा। मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने क्रम बढ्दै गएकाे छ ।

यसै बिच झापा क्षेत्र नम्बर १ काठमाडौं सम्पर्क समितिले नगद ४० हजार रुपैया सहयोग गरेको छ ।

झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो रकम बराबरको चेक मेची अभियानका संयोजक बिजय डालमियालाई आइतबार समितिका सचिव पदम निरौलाले हस्तान्तरण गरेका छन ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारबाट घोसित लकडाउन बाट दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अति विपन्न परिवारलाई सहयोग पुर्‍याउने उदेश्यले संस्थाको तर्फबाट सानो सहयोग गरेको समितिका सचिव निरौलाले बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण बिपन्न,दैनिक ज्यालादारी गरेर जीबनयापन गर्ने परिवारलाई राहत बितरणदेखि अन्य आवश्यकीय सहयोग गर्नका लागि मेची अभियानलाई बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउनेक्रम जारी रहेको अभियानका संयोजक डालमियाले बताए ।

डालमियाका अनुसार मेची अभियान मार्फत सहयोग गर्नका लागि देश र बिदेशमा रहेका दाताहरुबाट अहिले सम्म ३ लाख ३६ हजार ५१० रुपैया सहयोग स्वरुप संकलन भइसकेको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्