News Portal

  • मन्त्री ढकालकी बुहारी

    रसुवालि कवि
    ८११ पटक

    मन्त्री ढकालकि बुहारी

    ऎतिहासिक द्वन्द्वात्मक भौतिकवादको भट्टीदेखी
    नब संसोधनवादको टट्टीसम्म
    जारी छ ढकालजीको यात्रा

    युवाबयमा
    जीवन शर्मा गीतहरु घन्काउदै
    सुकुम्बासी बस्तीतिर
    भेटिन्थे ढकालजी
    कत्ला परेको पिठो खादै
    उनी देख्थे दुनियाँलाई मुक्त गर्ने सपना
    सपनालाई सपना देखाउथे जोस थियोे

    गल्दै गयो उनको हुति
    रातो झण्डाबाट
    हसिया गायव भो
    हथौड़ा मेटियो
    पार्टी रुपान्तरण भयो कम्पनीमा
    ( कम्पनी भनेको नाफा कमाउने जिनिस हो ।यो टट्टू राजनीतिक कम्पनीले चुनाव नामक बिजनेस गर्छ। ढकाल त्यसको सेयर होल्डर हुन )

    लाग्दै गयो ढकालको खान्दानी भुँडी
    उनले भुले
    मकैका च्याख्ला खाएका दिनहरु
    चाउरी परेका बृद्द अनुहारहरु
    सिमान्तकृतका कथा ब्यथा चोटहरु
    जनताका गीतहरु; क्रान्तिकारी कविताहरु
    आदर्शहरु ;इमानदारीताहरु
    सत्यहरु ;पक्षधतारहरु

    ठिक यतिबेला ढकालले
    साइनु जोडेका छ्न
    आफ्नै पुर्बबर्गदुश्मनको छोरीसँग

    ढकालकी बुहारी
    देशको फेरिदो सौर्न्दर्यसँग सरोकार राख्दिनन
    बरु गरिखाने बर्गलाइ हेला गर्छिन
    नोकर र मालिक एकै नहुने
    श्लोक सुनाउछिन

    प्रत्येक सोमवार व्रत बस्छिन
    माग्छिन भगवानसँग पैसा पैसा पैसा

    पैसामा साह्रै कन्जुस्याइँ गर्छिन
    रातभर डिस्कोमा मोज गर्ने उनी
    सधैं खलासीसग दुई रुपैयाँको लागि किचकिच गर्छिन

    किराना पसलमा
    एक किलो चिनीमा समेत छुट खोज्छिन
    नुन किन्दा पनि बार्गेनिङ

    प्रत्येकपल्ट फलफूल किन्दा
    मधेसी भैयालाई पार्छिन घाटामा
    कहिले एक झुप्पो अङ्गुर धेरै
    कहिले दुई दाना स्याउ धेरै

    साग ल्याउने दिदिसग उधारो
    भैसक्यो सोह्र सय साठी
    दुध ल्याउने दाइ
    हैरान भैसके
    उधारो चुलिएर
    रिसाएको छ किराना पसले

    उनी भन्छीन बेलाबेला
    यी दुई कौडीहरुलाई
    दिइरहनुपर्छ दु:ख
    पारिरहनुपर्छ हैरान

    प्रत्येक महायज्ञमा दान गर्छिन
    दस बीस हजार
    र संमान पत्र किन्छिन

    सत्तरी हजारको साठीमा ठाटिएर
    बीस रुपैयाको चटपट उधारो
    वा आधा किलो सुनले सजिएर
    एक पाउ गुदपात उधारो
    यस्तै छिन उनी

    उधारो उनको बानी हो

    जारी छ ढकालको
    यो बर्ग परिवर्तनको रमितलाग्दो यात्रा

    बास्नादार महलबाट
    आइरहेछ रगतको गन्ध
    चिहानबाट रोइरहेछन शहिदहरु
    चलिरहेछ चलिरहेछ देश

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)