News Portal

मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षण शुरु

रातोपोस्ट संवाददाता
८८० पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ ।

छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्युकाे संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको हाे ।

नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबारदेखि  घरदैलो अभियान अन्तर्र्गत मेचीनगरका विभिन्न वडामा पुगेर टोलीले विदेशबाट आएर होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा बसेका २ महिलासहित ५२ जनाको कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरेकोे शाखा संयोजक शशीकला राईले बताइन ।

स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएर होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा बसेका बाहेक प्रहरी हिरासतमा रहेकाहरुको समेत र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट परीक्षण गरेको थियो ।

राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न वडामा पुगेर घरदैलो अभियानलाई निरन्तरता दिने नगरका प्रमुख विमल आचार्यले बताएका छन ।

 

प्रतिकृया दिनुहोस्