रातोपोस्ट संवाददाता

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व यसबेला ग्रस्त बनेको छ ।
अहिलेसम्म महामारीका कारण विश्वमा १ लाख ६१ हजार ९५१ जनाको ज्यान गएको छ भने ६ लाख ६ हजार ७०५ जना निको भएका छन् त्यस्तै २३ लाख ५९ हजार ३४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ हजार ५४६ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा १६ हजार ३६५ जनालाई संक्रमण भएको छ भने ५२१ जनाको ज्यान गएको छ ।
त्यस्तै २ हजार ४६६ जना उपचार पछि निको भएका छन् ।