News Portal

कथा-“हर्कबिर”

विपि विद्रोही
६७२ पटक

कथा
“हर्कबिर”
—————————
हर्कबिर तामाङलाई आमाको पित्तलका माडवरिले तलसाम्म च्यातिएका कान निकै सुन्दर लाग्दथ्यो ।सानो छंदा उ माडवरिले च्यातेका आमाको कानका प्वालहरुमा औला घुसाउदथ्यो। सुम्सुम्याउथ्यो ।घरमा कहिलेकाँही छोइछिटो पर्दा सुनपानी छर्किनुपर्दा आमाले कचौराको पानीमा आफ्नो नाक डुबाएर चारैतिर छर्किन्थिन।

आमाको नाकमा एउटा सानो सुनको फुली थियो, त्यो पनि मामाघरका हजुरबाले पेवामा दिएको एउटा पाठो बेचेर लगाएकी रे ! आमाले येसो किन गर्छिनहोला, किन त्यो सिगान आउने नाकमा चोबेको पानी सबैतिर छर्किएकी होलिन ?उस्ले केही मेसो पाउदैनथ्यो येसो गरेको चाहिँ हर्कबिरलाइ पटक्कै मन पर्दैनथ्यो । उ एकदमै घिनाउथ्यो। समय बित्दै जादा उ ठुलो भयो। र उसले बुझ्यो आफ्नो परिवार गरिब भएका कारण आमाले कानमा पित्तलको मारवडी लगाएकी रहिछन । आमाको कानमा सुनका मारबडी लगाएकी भए सिगान आउने नाकमा चोबेको पानी सबैतिर छर्कने थिइनन आमाले भन्ने बुझ्यो। छ कक्षामा पढदैगर्दा एकदिन उ जिपको पछाडी झुण्डिएर शहर सम्म आइपुग्यो। उसको शहर आएर डाइभर बनेर आमाको कानमा सुनको माडबरी लगाइदिने सपना थियो। केही बर्स शहरमा होटलमा भाडा माझ्यो । केही बर्स रत्नपार्क चल्ने गाडिमा खलासी काम गर्यो । कालन्तरमा उ डाइभर बन्न सफल भयो।
उ पटक पटक सम्झिरहथ्यो आमाको कानमा सुनको माडबरी हाल्ने सपना। तर डाभरको कमाइले उसको पेटमा चारा हाल्नै नपुग्ने थियो । शहरमा उस्ले बिबाह पनि गरेको थियो र दुई जना बच्चा बच्ची पनि थिए। येस्तैमा एकदिन कोरोना महामारिले पुरै शहर बन्द भयो। साहुले गाडी ग्यारेजमा थन्क्याएर चाबि लिएर गयो। उसको कमाइखाने भाडो त्यही डाइभरी पेशा थियो। करिब महिना दिन भैसक्दापनि काम खुल्ने संकेत नमिलेपछि उ आफ्ना लालाबाला सहित कुम्लो काम्लो बोकेर गाउँतिर लाग्यो । करिब तेस्रो दिन साँझ उ सहित उसको परिवार घरको दैलोमा पुगे । घरमा आमा थिइनन। उनिहरु थाकेकाले एकछिन पिढिमा विश्राम मार्दैथिए। त्यस्तैमा आमा चामलको बोरा बोकेर टुपलुक्क आइपुगिन।

हर्कबिर आमा तिर हेरेर टोलाइरह्यो पित्तलका माडवरिले आमाका कान अझै धेरै च्यातिएका थिए । आमाको नाकमा फुली भने थिएन हर्कबिरले अकस्मात आतिदै सोध्यो आमा तपाईको नाकको फुली खोइ ? आमाले भन्नुभयो बाबू तेरा बा रोगी छन तलाइ थाह नै छ वारि खनजोत गर्नेबेलाको छोरो तँ सहरतिर लागिस म पनि बुढ्यौलिले उतिसारो काम गर्न सक्दिन.. पन्ध्र सममा बेचिदिए बाबू नाकको फुली आज। हर्कबिर स्तब्ध भयो… निकैबेर टोलायो आमाको कानमा सुनको माडवारी लगाइदिने सपना बोकेर शहर पसेको छोरो धेरै बर्सपछि घर आउदा आमाको नकको फुली बेचेर पेट भर्नुपर्दाको पिडाले हर्कबिर धेरै दुखी भयो। धेरै बर्स अगाडि बिछोडिएको छोरा बुहारी र नातिनातिना सहित घरमा आइपुग्दा आमाको खुसिले सिमा रहेन । हर्कबिर के के सोच्दै टोलाइरहेको थियो । अचानक आमाको ओइ हर्के आइज भात खान भन्ने बोली ले उ झस्कियो । अनि त्यसपछि खाना खाइवरी सबैजना सुते …….

✏️ बि पि बिद्रोही

प्रतिकृया दिनुहोस्