News Portal

आन्तरिक हवाई उडान खुलाउनेबारे गृहकार्य गर्दै सरकार

रातोपोस्ट संवाददाता
७८१ पटक

काठमाण्डौ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ ।

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए ।

भारतसँग खुला सिमानाका जोडिएकाले सङ्क्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुरु कहिले गर्ने भन्ने विषय निर्णय गर्ने उgले बताए ।

उgले भने, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकी देशको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो ।’

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले गएको चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ गतेम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि त्यही समयसम्मका लागि बन्द गरिएका छन् ।

प्रतिकृया दिनुहोस्