News Portal

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु,

रातोपोस्ट संवाददाता
४४८ पटक

काठमाडौं। चीनवाट फैलन शुरु गरेका कोरोनाभाइरसका अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ। कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय ३६ पुगेको छ भने कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार २ सय ८७ पुगेको छ ।

त्यस्तै विश्वभर कोरोना संक्रमित भएका ६ लाख ४६ हजार ८ सय ५४ जना निको भई घर फर्किसकेका छन् ।

महामारी फैलिएको कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ ।

हालसम्म अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ५ सय १४ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ९२ हजार ७ सय ५९ जना पुगेको छ ।

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार १ सय १४ पुगेको छ भने संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २० हजार ८ सय ५२ पुगेको छ भने संक्रमितको संख्या २ लाख २ सय १० पुगेको छ ।

प्रतिकृया दिनुहोस्