News Portal

  • तिनतले सामुदायिक बनले दुई गाउँपालिकालाई दियाे बिपत कोषमा ५० हजार सहयाेग 

    रातोपोस्ट संवाददाता
    ७८६ पटक

    झापा । तिनतले सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्तिले लकडाउनका कारण खाद्यान्न अभाव झेल्नुपरेका झापा र इलामक एक / एक स्थानीय तहका नागरिकका लागि  आर्थिक सहयोग गरेको छ ।

    सो सामुदायिक बन ले झापाको बुद्धशान्ति गाउँपालिका लाई ३५ हजार र इलामको रोङ गाउँपालिकालाई १५ हजार रुपैया सहयोग गरिएको सामुदायिक बनका अध्यक्ष नन्दकुमार याफु राईले जानकारी दिए ।

    दुबै गाउँपालिकामा यस बन समितिका उपभोक्ता रहेका छन् । ४ सय ३५ हेक्टरमा फैलिएको सो बन कोरोना नियन्त्रणको प्रयासमा  जुट्ने गरेको छ । बनले १२ स्थानमा हात धुने ब्यवस्था मिलाएको छ ।

    रकम रोङ गाउँ पालिका उपप्रमुख चन्द्रकला राईलाई बनका अध्यक्ष राईले प्रदान गर्नुभएको थियो भने बुद्धशान्तिमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेललाई बनका अध्यक्ष राई, उपाध्यक्ष छ्त्रबहादुर तिम्सिना, सचिव छत्रकुमारी फुयाल, सदस्य रबिका गौतमले रकम सोमबार हस्तान्तरण गरेका थिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)