News Portal

‘मध्यरातमा प्रधानमन्‍त्रीको अनुहार सम्झिएर ऐठन हुनु उनीहरुकै समस्या हो’

रातोपोस्ट संवाददाता
७५९ पटक

काठमाडौैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले लोकतन्त्रमा जनताले दिने म्यान्डेडको स्थान हुने बताएका छन् । मंलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको प्रतिक्रिया दिएका छन् ।

‘लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ । जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको हो । अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको हो’, उनले भनेका छन् ।

नेता बाँस्कोटाले राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर नगरिने बताए । ‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो । समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ’, उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्