News Portal

नेपालमा मंगलबार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४२ पुग्यो

रातोपोस्ट संवाददाता
४३४ पटक

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित रुपमा गर्ने भिडियो जानकारी सार्वजनिक गर्दासम्म मंगलवार १ जनामा मात्रै संक्रमण पुष्टि भएपनि त्यसपछि थप १० जनामा संक्रमण पुष्टि भएको जनाइएको थियो ।

मन्त्रालयमा सचिव यादव कोइरालाले दिएको जानकारी अनुसार कोशी अस्पतालमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा मंगलवार ११ जनामा कोरोना पुष्टि भएको छ ।

धरानमा ८ जना र काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलवार पुष्टि भएका संक्रमितमध्ये १ जनाबारे प्रवक्ता देवकोटाले भिडियो जानकारीमा बताएका थिए ।

मंगलवार अपराह्न धरानको प्रयोगशालामा ८ जना र काठमाडौंमा साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले बताए । अपराह्न र साँझ संक्रमण पुष्टि भएका १० जनाबारे मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छैन ।

प्रतिकृया दिनुहोस्