News Portal

  • चार प्रतिपक्षी दलहरूको एकै स्वर : निरंकुशताको बाटोमा सरकार, अध्यादेश तत्काल फिर्ता लिन माग

    रातोपोस्ट संवाददाता
    ८९ पटक

    काठमाडौं। नेपाली कांग्रेससहितका विपक्षीदलहरुले सरकारले ल्याएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको उनीहरुको निष्कर्ष छ ।

    बुधवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको हो ।

    बैठकले तत्काल संसद अधिवेशन बोलाउन माग समेत गरेका छन् । उनीहरुले विभिन्न ६ बुँदे सरोकारका बिषय अघि सारेका छन् ।

    समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश जारी गर्ने सरकारको कदम लोकतन्त्र विरोधी कार्य भएको निष्कर्ष निस्किएको जानकारी दिए ।

    लोकतन्त्रको रक्षाका लाािग लोकतान्त्रिक शक्तिहरु एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

    कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार वैठकले दुई अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओली निरंकुश बाटोमा अघि बढेको निष्कर्ष निकालेको बताए ।

    महतका अनुसार बैठकले यस्ता जनविरोधी कदमविरुद्ध अर्को बैठक चाँडै नै बोलाउने र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ ।

    कांग्रेसले बोलाएको विपक्षीहरुको बैठकमा समाजवादी, राजापा र राप्रपाका नेताहरुको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्