News Portal

  • नेपाली काङ्रेस नगर समितिले दियाे प्रहरीलाई २५ हजारको स्वास्थ्य सामाग्री

    रातोपोस्ट संवाददाता
    ७८६ पटक

     

     

     

     

     

     

     

     

     

    झापा । कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडानउन भएको अवस्था अग्रपंक्तिमा सुरक्षा दिने प्रहरीलाई  नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले स्वास्थ्य सामाग्रीसहित इन्धन सहयोग गरेको छ  ।

    आज नगर सभापति पर्शुराम ढुंगाना नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय शिबगञ्ज र धरमपुरस्थित मंगलबारे प्रहरी कार्यालयलाई २५ हजार बराबरको इन्धन तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको हाे ।

    इलाका प्रहरी कार्यलय शिवगन्जलाई सेनिटाइजर १० थान, मास्क १०० थान, पन्जा १०० थान, साबुन २, इन्धन ७५ लिटर गरि १५ हजार बराबर इन्धन तथा स्वास्थ्य सामाग्रीहरु सहयाेग गरिएकाे थियाे भने  मङ्गलबारे प्रहरी चौकीलाई सेनिटाइजर ३ थान, मास्क १०० थान, पन्जा १०० थान, साबुन २,  ५० लिटर इन्धन गरि १० हजार बराबर सहयोग गरिएकाे नगर समितिका  सह सभापति विनोद ढकाल जानकारी दिएका छन ।

    कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढँगाना ,सह सभापति बिनोद ढकाल,  कोषाध्यक्ष दुर्गा भट्टराई, प्रदेश क सभापती कमल भन्डारी, नेपाल तरुण दल क्षेत्रीय सचिब रमेश राई,  वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल, नगर सदस्य होम दुलाल, सन्त फेवदिन,  वडा नम्बर २ का सभापती नेत्र गुरुङ, वडा नम्बर ६ का सभापति भिम ताजपुरिया र औषधि ब्यबसायी संघका सुरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)