News Portal

सञ्चारकर्मी घिमिरेको टिमद्वारा बेवारिसे सडक महिलाको उद्धार

रातोपोस्ट संवाददाता
७५२ पटक

झापा।झापाको कनकाई माई सडक क्षेत्र अन्तर्गत बेवारिसे अवस्थामा बिगत लामो समय देखी  बस्दै आएकी एक सडक मानव(महिला)को उद्धार भएको छ । कनकाई माईको सडक किनारमा बस्दै आएकी तुलसा खड्का नाम गरेकी यी महिलाको उद्धार गरिएको हो ।

झापामा लकडाउन पछि संचारकर्मी खगेन्द्र घिमिरेको अगुवाईमा संचालनमा रहेको हाम्रो अभियानको टिमले ति महिलाको उद्धार गरी मानव सेवा आश्रम बिराटनगर पठाएको छ । सडक पेटीमा रहेका सडक मानवको अवस्था र सत्य साई केन्द्र सँग सहकार्य गर्दै खाना बितरण गर्दै आएको अभियानले उनको आज उद्धार गरेको हो ।

झापामा सडक मानवको अवस्था बारेमा केही दिन अघि संवाद समूह मार्फत सञ्चारकर्मी  खगेन्द्र घिमिरेले प्रदेश सभा १ की माननिय राज्य मन्त्री जस माया गजमेरलाई जानकारी गराएका थिए ।

सोही अनुसार स्थानीय निकायलाई गजमेरले आदेश दिएकी थिइन् ।  पहिलो चरणमा सडकमा रहेका महिला हरुको उद्धार प्रकृया अघि बढेको छ ।

कन्काई नगर पालिकाकि उप मेयर मन्जु प्रसाईं ,अभियानका अभियनता तथा सञ्चारकर्मी  खगेन्द्र घिमिरे,सचिन न्यौपाने,नरेश मोहरा,मानवअधिकार कर्मी दिपक दास,वार्ड सद्स्य ,सुरुङा प्रहरी ,सत्य साइ केन्द्र ,स्थानिय महिला प्रहरी आफै उद्धारमा खटिएका हुन । उनलाई उप मेयर आफैले मानव सेवा आश्रम बिराटनगर लान सहयोग पुर्‍याएकाे सञ्चारकर्मी घिमिरेले जानकारी दिए।

पहिलाको अवस्था

अहिलेकाे अवस्था

प्रतिकृया दिनुहोस्