News Portal

  • क्रान्तिकारी आमा

    रसुवाली कवि
    ७६७ पटक

    क्रान्तिकारी आमा

    प्रिय क्रान्तिकारीले धोका दिएपछि
    मैले आमालाइ देख्न थाले क्रान्तिकारी

    पहाडका ठाडो उकालोमा
    चर्को घामको प्रवाह नगरी
    हामीलाई स्कुलसम्म पुर्याउने
    हाम्री आमा

    चैतको रुखो वारि खनेर
    लहलह साग फुलाउने
    हाम्री आमा

    मेलापात कुट्टो कोदालो
    अर्पपर्म सबै भ्याएर
    चुलोको मोर्चा सङ्गालिरहने
    हाम्री आमा

    गाउँमा उज्यालो नआउदै
    घामले क्षितिज नचिहाउदै
    दैलोमा रात रङ छरिसक्ने
    घरमा बिहान भरिसक्ने
    हाम्री आमा

    श्रमको शिविरमा
    आमा सधैं भैरहनु भएको छ
    एक अब्बल छापामार

    दु:खको बाटोमा
    सधैं हुनुहुन्छ
    हार्दै नहार्ने योद्धा

    प्रेम मैदानमा
    वा मायाको दुनियाँमा
    आमा जति महान छैन कोही

    कतै जादा
    ल खाजा भन्दै
    कहाँबाट निकाल्छौ आमा
    सय पचासका नोट
    मलाई त सधैं
    तिम्रो चिन्ता लाग्छ

    लामो बाटो हिडदा
    शुभकामना दिनुहुन्छ सधै
    र त मलाई ठेस लाग्दैन

    मलाई यहि खेद छ
    पितृसत्ताले जब
    थिच्छ आमाका सबै रहर
    भत्किन्छ सधैं ममताको पहाड

    कहिले सकिन्छ होला
    आमाहरूको दु:ख

    कहिले सकौला खोइ
    आमाहरूलाइ उत्पीडनबाट मुक्ति दिन

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)