News Portal

म मजदुर,मलाई त भाेक थाहा छ!

सर्वश्रेष्ठ
१३९६ पटक

थाहा छ तिमिलाई
तिमिलाइ थाहा छ
लक डाउन के हो?
अहँ
मलाई थाहा भएन !
मलाइ त भोक थाहा छ !
भोकैले सन्तान गुमाएको
शोक थाहा छ !

पशुपतिमा लास सँँग 
घाटा र नाफाको हिसाब
थाहा छ!
बस्ने बास नहुँदा
त्यो पुलमुनी
म माथी बर्सिएका
कुटाइको पीडा थाछ!
बस मलाई
रोगले भन्दा भोकले 
मर्ने मात्र थाहा छ !
हो म त्यही मजदुर हो !

मेरै पसिनाले
देश सिँगार्छु
रक्त पिपासु हरुको
दरबार बनाउछु
मेरै बस्ने बास हुदैन
जिउने कुनै गाँस हुदैन
म नै हो त्यो मजदुर !

मलाइ कुनै राहात हुँदैन
राहत त महलमा
बस्ने हरुलाइ हो ।

तिमिले सुनेकै त
हो काठमाडौँका
घर मालिक हरुलाई 
जन प्रतिनिधि हरुले
माक्स बाँडेको
सुनेकैत होला
के काठमाडौका घरबेटि
माक्स किन्नै नसक्ने
थिए र ?
हो म त्यही मजदुर
हो जनप्रतिनिधि को
लात खाने
कोरोनाले होइन
लक डाउनमा
भोक भोकै ज्यान जाने
हो त्यही मजदुर हो म
मलाइ भोक थाहा छ !
…………………………….!!!

डिबि सर्वश्रेष्ठ 

प्रतिकृया दिनुहोस्