News Portal

  •  वडाअध्यक्ष धिमालले घर–घरमै पुर्याए सामाजिक सुरक्षा भत्ता

    रातोपोस्ट संवाददाता
    ४४६ पटक

    झापा। मेचीनगर नगरपालिका वडा नम्वर – ८ ले सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालेको छ । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल र वडा सदस्य सन्तोष मेचेले बिहिवार वडाबासीको घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

    लकडाउनका बेला अति आवश्यक काम बाहेक आवत जावतमा बन्द हुँदा वडाबासीलाई अहिले दैनिकीमा समस्या परिरहेको छ । त्यसमा पनि एकल महिला, अपाङ्गता भएका र बृद्ध बृद्धालाई झन ठुलो समस्या परिरहेको हुँदा उनिहरुलाई सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालिएको वडा अध्यक्ष विकेन्द्र धिमालले बताए ।

    विहिवार मात्र १ सय जनाको घर–घरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सदस्य सन्तोष मेचेले बताए । उनका अनुसार वडामा बृद्ध भत्ता, एकल महिला, अपाङग र लोपोन्मुख जातीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको  जानकारी दिए  ।

    घरमै भत्ता आएपछि वडाबासी भने  दङ्ग भएका छन् । लकडाउनका कारण नोकरीमा रहेका छोराछोरीले घर खर्च पठाउन असहज बनि रहेका समयमा बृद्धबृद्धाले  राहत महशुस गरेका छन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)