News Portal

सांसद अपहरण गर्नेलाई कडा कारबाही गर : भीम रावल

रातोपोस्ट संवाददाता
६५८ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले समाजवादीका सांसद अपहरणबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसंग माग गरेका छन् ।

बुधबार जनकपुरबाट नेकपा सांसद महेश बस्नेत र पूर्वआईजी सर्वेन्द्र खनालले सांसद डा. सुरेन्द्र यादलवलाई अपहरण शैलीमा काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाएको छ ।

त्यस्तै सांसद रावलले पनि सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाएको आरोप लगाएका छन् । ‘राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ’, सांसद रावलले भनेका छन् ।

Bhim Rawal, Ph. D@BhimRawal179

सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्