News Portal

अध्यादेशविरुद्ध नेविसंघ प्रदर्शनमा उत्रियो

रातोपोस्ट संवाददाता
५६६ पटक

काठमाडौं । नेपाल विध्यार्थी संघ (नेविसंघ) ले केही दिनअघि सरकारले ल्याएको अध्यादेशको देशका विभिन्न ठाँउमा सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

केन्द्रिय समितिको निर्देशन अनुसार नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

५/ ५ जनाले सामाजिक दूरी कायम गरि कालो झण्डासहित विरोध प्रदर्शन गरिएको नविसंघका अध्यक्ष राजीब ढुंगानाले जानकारी दिए ।

अध्यक्ष ढुङ्गानाका अनुसार काठमाडौं । उपत्यकामा ठाउँ ठाउँमा यसरी प्रदर्शन गरेर बिधेयक फिर्ताको माग गरेको तथा अन्य जिल्लाको हकमा प्रमुख सहरको एक ठाउँमा उभिएर प्रदर्शन भएको हो । यस अघि पनि नेविसंघले सरकारले ल्याएको उक्त अध्यादेशको वारेमा विरोध प्रदर्शन गरेको थियो ।

सुदूरपश्चिम प्रदेशको धनगढी स्थित मुख्यमन्त्री कार्यालय र प्रदेशसभा अगाडि पनि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।  विवादस्पद अध्यादेश फिर्ता गर, जनताको जीवन रक्षामा ध्यान केन्द्रीत गर लगायतका नारा प्ले कार्डमा उल्लेख  रहेकाे छ  ।

लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लडकाउनमा समेत विरोधमा उत्रन परेको नेविसंघ केन्द्रीय सदस्य सुमन केसीले बताए । उनले अध्यादेश फिर्ता नलगे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिए।

प्रतिकृया दिनुहोस्