News Portal

  • राष्ट्रपतिले खारेज गरिन् दुवै अध्यादेश

    रातोपोस्ट संवाददाता
    ८२३ पटक

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार जारी गरेका दुई अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार राष्ट्रपति भण्डारीले  मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी हुन् ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले चौतर्फी विवादपछि दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)