News Portal

  • बिर्तामोड नगरपालिकाको राहत कोषमा १ करोड १५ लाख

    रातोपोस्ट संवाददाता
    ७३७ पटक

    झापा । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोष बिर्तामोडलाई विभिन्न सामाजिक, शैक्षिक एवम् व्यवसायिक प्रतिष्ठानहरुबाट आर्थिक तथा जिन्सी सहयोग जुट्ने क्रम जारी रहेको छ ।

    उक्त कोषमा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा विद्यालयबाट संकलित २ लाख ९० हजार ९ सय ५८ रुपैयाँ प्रदान गरेको छ ।

    बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, वीर अमरसिंह प्राविधिक मावि, सरस्वती मावि, साङ्गवेद संस्कृत मावि, लक्ष्मी आधारभूत विद्यालय र चमरधाप आधारभूत विद्यालयबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो । महासंघका नगर अध्यक्ष युवराज कट्टेलले नगरप्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई रकम हस्तान्तरण गरेका हुन् ।

    यसरी नै बिर्तामोडका अधिकृतस्तरका शिक्षकहरुको ५ दिनको र अन्य शिक्षकहरुको ३ दिनको तलबवापत ३ लाख ५२ हजार १ हजार ४ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

    यसैगरी, तक्षशिला एजुकेशन फाउण्डेशनले ५१ हजार रुपैयाँ प्रदान गरको छ । फाउण्डेसनका सञ्चालक दीपक गिरी र मनिष गिरीले शुक्रबार नगरप्रमुख ध्रुबकुमार शिवाकोटीलाई कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।

    नगरपालिकाको कोषमा गरामनी कृषि सहकारी संस्था लिमिटेडबाट १५ हजार, मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडबाट २५ हजार, बिर्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ हजार १ सय ११ रुपैयाँ जम्मा भएको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

    आज शुक्रबार जामे मस्जिद मनोबरा बिर्तामोडबाट ३१ हजार रुपैयाँ नगरप्रमुख शिवाकोटीलाई हस्तान्तरण गरिएको छ । नगरले स्थापना गरेको कोषमा नगद र बस्तुगत सहयोगसहित १ करोड १४ लाख ८२ हजार ४ सय २ रुपैयाँ जम्मा भएको छ भने नगरको ५० लाखसहित कोषमा नगर १ करोड ६ लाख ८९ हजार ४ सय २ रुपैयाँ जम्मा भएको प्रशासकीय अधिकृत खतिवडाले बताए  ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)