News Portal

पुजीवादी ब्यवस्थाकाे पतन र अपरिहार्य बैज्ञानिक समाजवाद

संजय राई
२०५३ पटक

यतिबेला विश्व जगत कोरोना (covid-19) भाइरसमय भएको छ । पुजीवादी ब्यवस्थाका बातशाहको रुपमा चिनिने अमेरिका, रूस, चीन, बेलायत,भारत लागयतका देशहरूले यो भाइरसको अहिलेसम्म कुनै उपचार पत्ता लगाउन सकेको छैन बरु उल्टै यस्को संकटको चपेटामा परेको देखिन्छ।

महासंकटको रुपमा प्रकट भएको कोभिड -१९ ले विश्वका अर्थतन्त्रलाई ठुलो धक्का दिरहेको र दिनेछ। यसको न्यूनीकरण गर्न नसके विश्वमा भोकमरीको अवस्था सृजना हुने निश्चित देखिन्छ ।

पुजीवादी देशहरूले यसको कुनै सवाधान गर्न नसक्दा आफ्नो ब्यावस्था नै संकटमा परेको निस्कर्षमा पुगेको तथ्यहरु देखिन थालेको छ। यसको लक्ष्यण दक्षिण एसियाको भारतबाट सुरु भएको छ।

त्यहाँका प्रधानमन्त्री तथा पुजीबादिहरु मध्यका एक हिमायती नरेन्द्र मोदिले april 4 मा आफ्ना देश बासी को नाममा toweet गर्दै भने सम्मपुर्ण देशबासीहरुमा कोरोना भाइरस विरुद्ध लड्नको लागि भोलि साझ 9 बजे देखि नौ मिनेटसम्म आफ्नो घरको सबै light off गरी candle light बालेर संघर्ष गर्न आग्रह गरे ।

यस्को मतलब यो महामारी आउन ईश्वर ,भगवान को हात रहेको ले बाच्नका लागि उहाँ को भक्ती गर्नु पर्छ भन्ने सामान्य आम नागरिकलाइ बुझाउन खोजेको देखिन्छ । तर यस्तो भ्रमाक अबैज्ञानिक दृस्ठिकोण को पिछाडी धेरै ठुलो राजनीतिक प्रतिशोध रहेको स्पष्ट बुझिन्छ। पुजीवादीले आफ्नो सत्ता टिकाउन अध्यात्मावादी दृष्टिकोण दिशा निर्देश गर्छ, यो त्यसैको उपच हो ।

नरेन्द्र मोदीले आफ्नो राज्यसत्ता बचाइराख्न हिन्दु धर्मको प्रयोग गरिरहेको छ। यस महामारीले निम्त्याउने संकटसंग जुध्न नसकिने भएकाले जनताको जनआक्रोश दबाउन कोरोना भाइरसलाई धर्मसंग जोडेर हिन्दु धर्मको गलत प्रयोग गर्दै नागरिकको बाच्न पाउने अधिकारलाई कुण्ठित गरेको छ । यो त एउटा पुजीवादी चरीत्रको उदाहरण हो।

हामीले के बुझ्न जरुरी छ भने कोराना भाइरस प्राकृतिक प्रकोप हो, र यसको प्रतिरोध ईश्वरले गर्दिने होइन यो मानवले स्वास्थ बिज्ञान अन्तर्गत गर्ने हो । अर्को कोणबाट हेर्ने हो भने अहिले विश्वका ठुला पुजीवादी देशहरु बिचमा ब्यापार युद्धको प्रतीक पनि मान्न सकिने बिश्लेषणहरु बुद्धिजीवी तथा विश्लेषकहरुको छ ।

पछिल्लो समयमा अमेरिका र चिनको आरोप पत्यारोपले विश्लेषकहरूको उक्त विश्लेषण केहि हद सम्म सहि पनि मन्न सकिन्छ ।
एकातिर विश्व समुदाय कोरोना भाइरसका कारण आतंकित छन भने अर्को तिर पुजीवादीहरु यस्तो मर्माहित अवस्थामा पनि आफ्नो लूटतन्त्र मच्चाउने ध्याउन्नेमा छन।

नेपाल पनि कोरोना संगको लडाइँको मैदानमा संक्रमण अवस्थामा गुज्रिरहेको छ। यस्तो अवस्था केपि सरकार जनता प्रती उत्तरदायी देखिन मात्र खोजेको तर माखो मार्न नसकेको तथ्यहरु देखिन थालेको छ। कोरोना संग बाच्न सरकारले देशमा बन्दाबन्दी(lockdown ) लगाए पनि दैनिक श्रम गरेर गुजारा चलाउने श्रमजीवी बर्ग,विद्यार्थी, युवाहरुमा नराम्रो आसर परेको छ।

लाखौं श्रमिक मजदुरहरु काम बन्द भए पछी खाना बस्नको लागि समस्यमा परेको छ, लाखौ युवाहरू खाडी मुलुक, युरोप अमेरिका लगायत देशहरुमा अलपत्र परेर बस्नु पर्ने बाध्यता परेको छ।

उनीहरु नेपाल आउन चाहान छन तर सरकारले त्यस तर्फ चासो नै नदेखाउने गरेको छ भने अन्य देशले आफ्नो नागरिक नेपालबाट प्लेन चार्टर गरेर आफ्नो देश लगिएको छ बिडम्बना हाम्रो देश नेपालका दलाल पुजीवादी कथित केपि सरकार भने छिमेकी भारतका विभिन्न ठाँउबाट सिमा पारी आइपुगेकाहरु बहुसंख्यक युवाहरूलाई आफ्नो देश प्रवेश गर्न बन्देज गरिन्छ ।

गरिब निमुखा मजदुर बर्गलाइ राहतको नाममा कुहिएको चामल र दाल बितरण गरिन्छ। र दलाल केपी पिके सरकार भन्ने गर्छ। नेपाली जनता भोगले मर्नु पर्ने अवस्था आउदैन । अनि आफ्ना भरौटेलाई कालो बजारी, भ्रष्टाचार, कमिसन सबैमा छुट दिइन्छ, सच्चा रास्ट्र सेवकहरुलाई भने घोग्रे ठ्याक्क लगाउने काम गर्छ।

कोभिड-१९ भाइरस दिन प्रतिदिन विश्व समुदायमा महामरिको रुपामा फैलिदै जानु र त्यस्को प्रतिरोध पुजीवादी देशले गर्न नसक्नु भनेको पुजीवादी ब्यावस्था असफल रहेको प्रष्ट हुन्छ।

तर यो मान्न पुजीवादीहरु तयार छैन्न। त्यसो त पुजीवादी ब्यावस्थाले बिज्ञानको गलत तरिकाबाट स्थामाल गर्दै अथवा बिज्ञानको बलमा रजाइँ चलाए देखि नै यसको संकटको घडी सुरु भएको थियो र संगै फेरि बैज्ञानिक समाजवादी ब्यावस्थाको उदयको आधारहरु मझ्बुद रुपमा खडा हुँदै आएको पनि थियो। यस्को गतिलो झापड पछिल्लो समयमा कोराना भाइरसले हानी रहेको छ ।

अहिले विश्वमा नव नक्षेत्रको रुपमा उदयमान आफ्नै मौलिकताको आधारित बैज्ञानिक समाजवादी ब्यावस्थाको दिशामा अघि बढिरहेको उत्तर कोरिया,क्युबा लगायतमा भने यस्को कुनै असर नपरेको समाचार बाहिर आएको छ ।

यो तथ्यबाट के स्पष्ट हुन्छ भने अबको विश्वमा मानवको आस्तित्व जोगाउन बैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य बनिसकेको छ, र पुजीवादी व्यवस्था को पुर्ण पतन पनि ! आज यसकाे पहल विश्व भरिका सचेत कम्युनिस्टले गर्नु पर्ने समय आएको छ।

प्रतिकृया दिनुहोस्