
कोरोनाको कहर
एक्कासी आयो
अनि फैलियो विश्व भरी नै
यस्तो तहल्का मच्चायो यसले कि
साधारण हैन चानचुने हैन
ठुलै भयंकर प्रलय झै गरी
धेरै नै लिन आएको हो
उ आक्रोशमा छ
धेरै नै लुटिएको झै गरिरहेको छ
त्यसैले त होला
प्रकृति पनि उसै संग जुटिरहेको छ
अचेल गाउँ शहरहरु सबै सुनसान छ
स्कुलहरु बन्द पसलहरु बन्द
सबै सबै बन्द
गाउँका चौताराहरु पनि एक्लाएक्लै छन
बालबालिका प्रकृतिमा रमाएर
खेल्न अनि रमाउन पाएका छैनन
बृद्धबृद्धाहरु अगेनाकै छेउमा
सुस्ताउन बाध्य भएका छन
अनि युवाहरु नियम उल्लघंन गरेर
घरबारीका कामको मेलापात गर्न बाध्य छन
बिरक्त लागेको छ सबैलाइ
डर पनि लागेको छ
महामारी झै फैलिएको यो
कोरोनाको प्रकोप देखि
तर
कसैका आफ्ना साथै छन
कसैका परदेशमा थुनिएका छन
मन उनीहरुलाइ पनि छ
स्वदेश फर्किन आफ्ना सङ्गै बस्न
के गर्नु पापी कोरोनाको डरले
सबै चुपचाप मौन बसेका छन
आजभोली गाउँमा परपर बाट
माइकमा कोहि बोलिरहेको
आवाज मात्र सुनिन्छ
जसमा भनिरहेको हुन्छ
नचिनेको मान्छे देखि टाढा बसौ
प्रबेश निशेध गरौ
कोहि नया मान्छे देखेमा
छिटोछिटो लुकिन्छ आजभोलि
सबैतिर डर अनि त्रासको साम्राज्य छ
एक अर्कालाइ बिस्वास गर्ने वातावरण नै छैन
अनि, रेडियो र टि.भिहरुले
झनै आतंकित बनाईरहेका छन
यो कोरोनाको कहर हैन यस्तो लाग्दैछ
हामी पुरानै १० बर्से सशस्त्र द्वन्द पुनः भोगिरहेका छौ।