News Portal

कमल गाउँपालिकाले लकडाउन कडा गदै

रातोपोस्ट संवाददाता
७४४ पटक

झापा। छिमेकी दमक नगरपालिकासम्म कोराना भाइरसको संक्रमण फैलिइसकेकोले लकडाउनलाई अझै कडा नबनाए संक्रमण भित्रन सक्ने निश्कर्षसहित कमल गाउँपालिकाले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ ।

प्रदेश सांसद अर्जुन राईको प्रमुख अतिथ्यतामा भएको बैठकले दमक नगरपालिकामा कोभिड १९ को संक्रमित फेला परेसँगै त्यसको प्रभाव कमल गाउँपालिकामा समेत पर्ने भन्दै लकडाउन लाई अझ कडा बनाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

विदेशबाट आएर होम क्वरेन्टिनमा बसेका नागरिकको स्वास्थ्य परीक्षण गर्न प्रदेश सरकारसँग आरडिटी किट माग गर्ने, अत्यावश्यक खाद्य बस्तु ९खाद्यान्न र तरकारी०का पसल दैनिक ११ बजेदेखि २ बजेसम्ममात्र खुल्ला गर्ने, सुरक्षा व्यवस्थालाई थप कडाई गर्नेजस्ता महत्वपूर्ण निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताएकी छन् ।

गाउँपालिकामा स्थापित ५८ वटा टोल विकास संस्थालाई समन्वय गरी सूचनालाई प्रभावकारी बनाउने, आफ्नो छरछिमेकमा कोही नयाँ व्यक्ति आउनासाथ स्वस्थ्य शाखालाई जानकारी गराउनुपर्ने लगायतका निर्णय भएको अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

उक्त बैठकमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, सातै वडाका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डित, सशस्त्र प्रहरी बल बैगुनधुराका डिएसपी अशोकदमक नगरपालिकामाकुमार शाक्य लगायतको सहभागिता थियो

प्रतिकृया दिनुहोस्