News Portal

२५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
३७७ पटक

काठमाडाैं । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ ।कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म रहेको थियो ।

प्रतिकृया दिनुहोस्