News Portal

  • मेचीनगर प्रवेश गर्नेको हातमा होम क्वारेन्टाइनको छाप लगाइने

    रातोपोस्ट संवाददाता
    ४८८ पटक

    झापा। देशका अन्य स्थानबाट झापाको मेचीनगर नगरपालिका क्षेत्र प्रवेश गर्ने जो कोहीको हातमा ‘होम क्वारेन्टाइन लेखिएको छाप‘ लगाइने भएको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर मेचीनगर नगरपालिका प्रवेश गर्नेलाई पुर्व पश्चिम राजमार्गको मेचीनगर १३ स्थीत चारआली चोक पश्चिम पट्टि बिशेष निगरानी गरेर मात्रै प्रवेश गर्न दिईने ब्यवस्था मिलाईएको मेचीनगरका नगरप्रमुख बिमल आचार्यले बताए ।

    नगरप्रमुख आचार्यका अनुसार लकडाउनको समय लम्बिदैं जाँदा काठमाण्डौ सहित देशका बिभिन्न भागबाट घर फर्किनेक्रम बढेको अवस्थामा कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाले आफ्नो नगरमा आउने सबै जनालाई चारआलीमा नै स्वास्थ्य परिक्षण लगायतका ब्यवस्थापन गरेर मात्रै प्रवेश गर्न दिईने भएको छ ।

    मेचीनगरका नागरिकको हकमा स्वास्थ्य परिक्षण, २१ दिने होम क्वारेन्टाईन बस्न फारम भराउने, होम क्वारेन्टाईन बस्ने मानिस भनेर चिनिने गरी हातमा छाप हान्ने र सम्बन्धी वडा कार्यालयको जिम्मामा सुरक्षीत बस्ने गरी घर पठाउने ब्यवस्था शुरु गरिएको नगरप्रमुख आचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)