News Portal

देशभर लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

रातोपोस्ट संवाददाता
४६२ पटक

काठमाडौं। गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले उद्धारका नाममा पासबिनाका गाडीले यात्रु ओसार्न थालेपछि पास लिएर मात्र गुडाउन निर्देशन दिएका हुन् ।

सडकमा अलपत्र र बिचल्लीमा परेका नागरिकहरुको उद्धार भइसकेकाले सोमबारबाटै सवारीसाधन सञ्चालनमा रोक लगाइएको गृहस्रोतले जानकारी दियो । स्थानीय तहहरुले आफू खुसी यात्रु ओसार्न थालेपछि गृहले सम्भावित खतरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो ।

प्रतिकृया दिनुहोस्