News Portal

कोरोना प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिका सिल

रातोपोस्ट संवाददाता
१६९४ पटक

झापा । झापाकाे बाहदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो ।

बाह्रदशी गाउँपालिका स्थित राजगढ निवासी ५० वर्षीय पुरुषलाई आइतबार कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएका थिए।

बाह्दशी गाउँपालिका–४ साबिक चकचकी ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ पछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गरिएको थियो ।

सोमबारको सर्वपक्षीय वैठकको निर्णय अनुसार पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को विरीङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ विरीङ खोलासम्मको क्षेत्रलाई सिल गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यस अघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमणको पुष्टि भएसंगै दमक नगरपालिकाले समेत उच्च सर्तकता अपनाएको छ ।

प्रतिकृया दिनुहोस्