News Portal

  • रौतहटमा थप २ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ३१८ पटक

    काठमाडौं। नेपालमा फेरि दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको दुवै नगरका अध्यक्षले पुष्टि गरेका छन् ।

    उपचारका लागि दुवै संक्रमिलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिएका छन् ।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ । तर तीमध्ये १६ जना निको भइसकेका छन् । सबैभन्दा धेरै प्रदेश–१ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)