News Portal

  • १० महिनापछि आज विप्लवका जिल्ला सेक्रेटरी सुजन रिहा

    रातोपोस्ट संवाददाता
    ९६४ पटक

    कास्की: नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा तत्कालीन कास्की जिल्ला सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ रिहा भएका छन् । १० महिनाको निरन्तर हिरासत बसाइपछि उनी वैशाख १५ गते बेलुका म्याग्दीबाट रिहा भएका हुन् ।

    बन्दी प्रत्यक्षीकरण रिटमाथि सुजनका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ताहरू सन्तोष भण्डारी, चिरञ्जीवी ढकाल र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए भने विपक्षीका तर्फबाट उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

    राजनीतिक आस्थाकै आधारमा गिरफ्तार भएका सुजन निरन्तर लामो समय हिरासत बस्नेमध्येका युवा नेतामा पर्दछन् । सुजनलाई गत साउन १२ गते कास्कीबाट प्रहरीले गिरफ्तार गरेको थियोे ।

    १० महिनादेखि प्रहरीले गण्डकी प्रदेशका विभिन्न जिल्लाका हिरासतहरूमा राखे म्याग्दीबाट रिहा गरेको हो । सुजनलाई यसअगाडि अदालतले रिहा गर्ने आदेश दिए पनि सरकारले एउटै विषयका मुद्दामा फरकफरक जिल्ला घुमाउँदै निरन्तर दुःख दिँदै आएको थियो ।

    सुजनलाई गण्डकका कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ हुँदै वैशाख २ गते म्याग्दी पुर्याइएको थियो । सुजन अदालतको आदेशपछि रिहा भएका हुन् ।
    गिरफ्तार गरेर उनलाई प्रहरीले यातनासमेत दिएको सार्वजनिक भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटनबाट गिरफ्तार गरेर केही समय बेपत्ता बनाएको थियो । त्यसअगाडी सुजन तनहुँ जिल्ला सेक्रेटरी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)