News Portal

मेची अभियानले काठमाडौँबाट ल्यायो ३८ जना विद्यार्थी

रातोपोस्ट संवाददाता
४७६ पटक

झापा । मेची अभियान झापाले काठमाडौँमा रहेका विद्यार्थीलाई झापा ल्याएको छ। अभियानले मंगलबार ३८ जना विद्यार्थीलाई काठमाडौँबाट झापा ल्याएको छ ।

३५ दिनदेखिको लामो बन्दाबन्दीमा अवस्थामा काठमाडौँमा बसिरहेका मेचीनगरका ३८ जना विद्यार्थीहरुलाई मेची अभियानले काँकरभिट्टा ल्याएको हो ।

सोमबार दिउँसो काठमाडौँबाट मे १ ख २०९८ नम्बरको एसएस ट्राभल्स बसले मङ्गलबार ती विद्यार्थीहरुलाई ल्याएको हो । एसएस ट्राभल्सका सञ्चालक श्याम सुन्दर खेतानले ती विद्यार्थीहरुलाई निःशुल्क ल्याइदिएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

उक्त विद्यार्थीहरु काठमाडौँदेखि काँकरभिट्टा ल्याइदिन मेची अभियान काठमाडौँ सम्पर्क समितिका संयोजक डिल्लीराम भण्डारी र नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहजिकरण गरिदिएको उनले बताए ।

काँकरभिट्टा आइपुगेका विद्यार्थीहरु आ–आफ्नै घर गइसकेका छन् । उनीहरु काठमाडौँमा होम क्वारेन्टाइनमा नै बसेकाले प्रकृया पुरा गरेर होम क्वारेन्टाइनमा नै बस्ने गरी घर पठाइएको संयोजक डालमियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्