News Portal

कोरोना महामारी : विश्वभर ३१ लाख बढी संक्रमित, २ लाख १७ हजारको मृत्यु

रातोपोस्ट संवाददाता
७१८ पटक

काठमाण्डाै। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांकअनुसार ३१ लाख १३ हजार ४४७ मा कोरोना संक्रमण पुष्टि भइसकेको हो।

यस्तै कोरोना संक्रमणबाट २ लाख १६ हजार ९८९ ले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेको संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा हालसम्म ५८ हजार ३४८ ले ज्यान गुमाएका छन्। यसैगरी संक्रमित संख्या समेत अमेरिकामै सबभन्दा बढी रहेको छ। बुधबार बिहानको तथ्यांकअनुसार १० लाख १२ हजार ३९९ मा संक्रमण पुष्टि भइसकेको छ।

स्पेनमा दोस्रो बढी संक्रमित संख्या रहेको छ। त्यहाँ हालसम्म २ लाख ३२ हजार १२८ मा संक्रमण भेटिएको छ। जसमध्ये २३ हजार ८२२ ले ज्यान गुमाएका छन् भने १ लाख २३ हजार ९०३ जना निको भएका छन्।

लगातार संक्रमण र मृत्युदुर घटेको इटालीमा २ लाख १ हजार ५०५ मा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार ९४१ जना निको भएर घर फर्किएका छन् भने २७ हजार ३५९ को मृत्यु भएको छ।

पछिल्लो समय रुसमा संक्रमण तीव्र रुपमा फैलिएको छ। अहिलेसम्म रुसमा ९३ हजार ५५८ जना संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ८६७ ले ज्यान गुमाएका छन् भने ८ हजार ४५६ जना निको भएका छन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिन सुरु भएको महामारीका कारण चीनमा मंगलबार कसैको पनि मृत्यु भएको छैन। हालसम्म त्यहाँ ८३ हजार ९३८ संक्रमित हुँदा ४ हजार ६३७ ले ज्यान गुमाएका छन्। त्यस्तै ७८ हजार ४०३ जना निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्