रातोपोस्ट संवाददाता

काठमाडौं: बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।
योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।