News Portal

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    रासस
    ५७४ पटक

    काठमाण्डाै। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) दिउँसो बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।

    कोरोना रोकथामका लागि गएकाे चैत ११ गतेदेखि देशभर लकडाउन लागू भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो । कांग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीन पटक बसिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)