News Portal

तन्नम छाै तिमि

नरबहादुर कार्की
१०७२ पटक


तन्नम छौ तिमी
– – – – – – – – – – – – – –

तिमीले नबुझेर मैले बुझाउन नसकेर
तार्किक लाग्दैन होला
आत्मा सम्मान माथिको हिन्सा
प्रतिभा माथिको उत्पिडन
बुझे पछी थाहा हुनेछ
अहिले पनि तिमी पीडित हौ ।

तिमीलाई दियिएको स्वतन्त्रता
कागजी उधारो तमसुक हो
अहिले बुझाउन सक्दिन
तिमी बुझ्न चाहन्नौ
किनकी मेरो भाषा प्रतिबन्धित
तिम्रो कान लट्ठीएका छन ।

धनको नाममा तन्नम छौ तिमी
जागिरको नाममा नारिएका छौ
अवसरको नाममा निर्वासित छौ,
समाजको नाममा बिखण्डित छौ
बुझ्दा र बुझाउदा सम्म
हामीले तिरेको मुल्य बदनाम गरिने छ ।

तिमी जस्लाई जिन्दगी भन्छौ,
त्यो जिन्दगी कम जिउनु बढी हो
गन्तब्य भन्छौ त्यो गुजारा हो
अमृत ठानेर जुन कलश शिरमा
मुक्त्ती दाता ठानेर जस्लाई काधमा
बोकेका छौ
तिमी त्यसको भक्त जन्मेर
दास मर्न जादैछौ I

तिमीलाई बुझाउन अनुमती पाएको भाषामा
यदी तिम्रो स्वतन्त्रता, गरिमा र प्रतिभा
उन्मुक्त हुने थियो भने
बिद्रोहको कुरा छोड
म, दोहरी र भजन गाएर
बाँकी दुई दशक जीवनको सौन्दर्यको
साधक बनेर ब्यतित गर्थे ।

तर यथार्त निर्मम हुन्छ
पोल्छ तिमीले भोगेको तर महसुस नगरेको हिन्साले
गुमाएको अवसर र लुटिएको भविश्यले
लीलाम गरिएको विश्वाशले
हिमतालमा राखिएको छ तिमीलाई
पग्लेर तिमी डुब्नु भन्दा पहिले
मैले तिमीलाई सम्झाउन सक्दिन
तिमी सम्झिन सक्दैनौ ।

प्रतिकृया दिनुहोस्