News Portal

न्यूरोइन्डोक्राइन क्यान्सर भएको थाहा भएपछि इरफान लेखेका थिए: मलाई थाहा छैन, अब मेरो कति समय बाँकी छ

रातोपोस्ट संवाददाता
८३२ पटक

एजेन्सी । केही समय पहिले मलाई थाहा भयो कि म उच्च तहको न्यूरोइन्डोक्राइन क्यान्सरबाट पीडित छु । मेरो शब्दावलीमा यो नयाँ शब्द थियो ।

मलाई थाहा भयो– यो दुर्लभ रोग हो, यसबारे खासै धेरै अध्ययन पनि भएको छेन र यसबारे खासै धेरै जानकारी पनि उपलब्ध छैन । यसको उपचारबाट के कस्तो हुन्छ, त्यो पनि थाहा छैन ।

म डाक्टरका लागि गिनीपिग बनेर गएको थिएँ, म एउटा फरक किसिमको खेल खेलिरहेको थिएँ । मानौं, एउटा द्रुत गतिको रेलमा यात्रा गरिरहेको थिएँ । मेरा केही सपना थिए, योजना थिए, महत्वकांक्षा थिए, लक्ष्य थिए र म पूर्ण रुपमा त्यसमा हराएको थिएँ ।

अचानक रेलको टिकेट कलेक्टरले आएर मेरो काँधमा धाप मार्यो । उसले भन्यो– तेरो स्टेसन आइसक्यो, तँ अब उत्रिनु पर्छ । म अन्योलमा परेँ र भनेँ– होइन, होइन मेरो स्टेसन आएको छैन । यो मेरो स्टेसन होइन, यस्तो कसरी भइरहेको छ ?

अत्यन्त छिटो परिवर्तन भइरहेका विषयहरुले मलाई महसुस गरायो कि तपाईं समुद्रमा तैरिएको कर्कजस्तै हो, जोसँग जतिबेला पनि जे पनि हुनसक्छ र तपाईं कुनै तरिकाले त्यसलाई रोक्ने प्रयास गर्दै हुनुहुन्छ । या उथलपुथल, डर तथा अत्यासका बीच म अस्पताल जाने क्रममा मैले आफ्नो छोरासँग भनेका छु कि मैले आफूसँग आफैंले एउटा मात्र कुराको चाहना गरेको छु कि यो अवस्थामा अभावको सामना गर्न नपरोस् । मलाई आफ्नो खुट्टामा उभिनु थियो । र, अत्यास ममाथि हावी नहोस् । किनकि त्यसले मलाई दयनीय अवस्थामा पुर्याइदिन्छ ।

यो मेरो उद्देश्य थियो तर त्यही बेला दुखाइले मलाई छोयो । यतिबेला सम्म तपाईंलाई दुखाइको मात्र थाहा थियो र अब यसको प्रकृति र त्यसको प्रभावबारे पनि थाहा भयो । केहीले पनि काम गरिरहेको थिएन । न सान्त्वना न कुनै प्रेरणाले काम गरेको थियो ।

सबै कुरा त्यही दुखाइमा घुलिएको थियो र यो दुखाइ कुनै भगवानभन्दा पनि ठूलो लागिरहेको थियो । जब म अस्पतालमा आएँ, तब म कमजोर र थकित तथा उदासिन थिएँ । मलाई यो कुराको पनि थाहा थिएन कि अस्पतालको अगाडि लड्स स्टेडियम थियो जुन मेरो बाल्यकालको सपना थियो ।

त्यो दुखाइका बीच मेरो आँखा एउटा पोस्टरमा पर्यो जसमा विवियन रिचड्र्स हाँसिरहेको अनुहार देखिएको थियो । मलाई महसुस भयो कि मलाई केही पनि भएको छैन । अस्पतालमा एउटा कोमा वार्ड पनि थियो ।

मेरो वार्डको ठिक माथि । जब म अस्पतालमा मेरो वार्डको बाल्कोनीमा उभिएको थिएँ, त्यति बेला मलाई धक्का लाग्यो । जीवनको खेल र मृत्युबीच केवल एउटा बाटोको रेखा थियो । एकातिर अस्पताल थियो र अर्कोतिर स्टेडियम । निश्चितताका साथ दाबी कहीँ पनि गर्न सकिरहेको थिइनँ । न अस्पतालमा न स्टेडियममा । त्यति बेला नै ममा निकै गहिरो धक्का लाग्यो ।

म यो ब्रम्हाण्डको शक्ति तथा समझदारीबाट भरिएँ । मेरो अस्पतालको लोकेसनले पनि मलाई असर गरिरहेको थियो । एउटै कुरा निश्चित छ र त्यो अनिश्चितता हो । म केवल के गर्न सक्छु भने आफ्नो तागतको सम्झूँ र आफ्नो खेल राम्रोसँग खेल्न सकूँ । यो महसुस हुँदाहुँदै पनि मैले हतियार हानिदिएँ र पर्वाह गरिनँ कि परिणाम के आउने हो ।

मलाई थाहा छैन आजभन्दा ८ महिना पहिले वा चार महिनापछि वा दुई वर्षपछि जीवनले मलाई कहाँ लिएर जानेछ । अब मैले चिन्ताहरुलाई किनारा लगाएको छु र मस्तिष्कबाट चिन्ताहरु बाहिर राखेको छु । पहिलो पटक मलाई बल्ल थाहा भएको छ कि स्वतन्त्रताको खास माने के हो । यो एउटा उपलब्धि हो । यस्तो लाग्छ कि मैले पहिलो पटक जीवनको वास्तविक स्वाद चाखेको छु । यसको जादुयी पहलू देखेको छु । भगवानप्रतिको मेरो भरोसा अझ बलियो भएको छ । अगाडि के हुन्छ भन्ने त समयले नै बताउनेछ ।

तर, अहिले तत्कालका लागि म यस्तै महसुस गरिरहेको छु । मेरो यो यात्रामा मानिसहरुले मलाई शुभकामना दिए, विश्वभरका मानिसहरुले मलाई आर्शिवाद दिए । उनीहरुले दिए जसलाई म चिन्छु, र उनीहरुले पनि जसलाई म चिन्दिनँ । मानिसहरुले विभिन्न ठाउँबाट विभिन्न समयमा मलाई आर्शिवाद दिएका छन् र मलाई लाग्छ ती सबै एकत्रित भएका छन् ।

यी आर्शिवाद शक्ति जसरी मेरो मेरुदण्ड हुँदै टाउकोमा पुगेका छन् । यो बढिरहेको छ । थोरै थोरै गर्दै धेरै । आर्शिवादबाट आएका सबै फूल, सबै आर्शिवाद र सबै आर्शिवाद मलाई आश्चर्य, खुसी तथा जिज्ञासासहित भरिदिन्छन् । यो अनुभूति हुन्छ कि कर्कलाई कसैको कन्ट्रोलको आवश्यकता छैन, तपाईं भगवानले बनाएको पिङमा मच्चिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस्