News Portal

आगलागीबाट घाइते भएका वडा अध्यक्ष खनालको निधन

रातोपोस्ट संवाददाता
६८८ पटक

बागलुङ । आगलागीमा परी गम्भीर घाइते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रुपा र छोरा सञ्जय घाइते भएका थिए । सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।

खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पुर्याइएको थियो । “उहाँको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भने, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”

खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्