News Portal

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रासस
७०२ पटक

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बाख्रा चराउन गएका बालबालिकाको बम बिस्फोटमा परेर मृत्यु भएको हो ।

उक्त बम विस्फोटमा परी मृत्यु हुनेमा वडा नम्बर ७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री र वडा नम्बर ४ का १३ वर्षीय बालक गौरव नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए ।

चारै बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए ।

घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

के कति कारणले घटना भयो भन्ने जानकारी नआएको उनले बताए ।

प्रतिकृया दिनुहोस्