News Portal

मेचीनगरमा १ सय ९० जनाको नोवल कोरोना भाइरस कोभिड परीक्षण

रातोपोस्ट संवाददाता
७९७ पटक

झापा। मेचीनगरमा विहीबारसम्म १ सय ९० जनाले नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरेका छन ।

विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन ।

१ नम्बर प्रदेशको स्वास्थ्य टोलीले ७० जना र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले १ सय २० गरी जम्मा १ सय ९० जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक राईले बताइन ।

उनीहरु सवैको परिणाम नेगेटिभ आएको छ । यसैगरी १९ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर माध्यमबाट थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाले २ महिला र ५ पुरुषको नमूना संकलन गरी परीक्षणका लागि विराटनगर पठाएको हो । उनीहरु सवै दुवइ, कतार अमेरिकाबाट नेपाल आएर सुरक्षितरुपमा होम क्वारेन्टाइनमा बसेका थिए ।

प्रदेशको टोलीले संकलन गरेको नमूना पोलिमिरेस चेन रियाक्सन पीसीआर माध्यमबाट परीक्षण गर्दा सवै नतिजा नेगेटिभ आएको थियो । स्वास्थ्य शाखाले पठाएको नमूनाको नतिजा आउन बाँकी छ ।

शाखा संयोजक राईको नेतृत्वमा ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले उनीहरुको थ्रोड स्वाब संकलन गरेको पठाएको हो ।

प्रतिकृया दिनुहोस्