News Portal

नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने

रातोपोस्ट संवाददाता
४७५ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने नेकपाले जनाएको छ । यसअघि गएको बुधबार बसेका बैठकमा अध्यक्ष ओलीले कोरोना संक्रमण नियन्त्रण भएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

नेपाल र गौतमले ओलीको प्रस्तावलाई नमान्ने मनस्थिति बनाएका छन् । दल फुटाउने अध्यादेश आकस्मित ल्याएर पारित गराएसँगै प्रधानमन्त्री आलीको पार्टी बाहिर र भित्रैबाट पनि आलोचना भैरहेको छ । सचिवालय बैठक बस्नुअघि नेताहरु आन्तरिक छलफलमा आज पनि जुट्नेछन् । शुक्रबार पनि नेताहरुबीच सचिवालय बैठकमा उपस्थित हुनेबाट आन्तरिक छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्