News Portal

  • माधव नेपालले गरे तेस्रो अध्यक्षको पद अस्वीकार

    रातोपोस्ट संवाददाता
    ६२७ पटक

    काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल पार्टीको अध्यक्ष बन्न नचाहेको बताएका छन् । यसअघि पार्टीमा विवाद बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पनि अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए ।

    नेपाललाई अध्यक्ष बनाउने र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री बनाउन तयारी सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव थियो ।

    तर, शनिबारको सचिवालय बैठकमा माधवकुमार नेपालले आफू तेस्रो अध्यक्ष बन्न तयार नभएको बताएका हुन् । उनले अध्यक्ष बन्ने प्रस्तावलाई अस्वीकार गरेसँगै अब नेकपामा तेस्रो अध्यक्ष च्याप्टर क्लोज भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)