News Portal

  • २५ वैशाखपछि सरकारले लकडाउन कस्तो बनाउँदै छ ?

    रातोपोस्ट संवाददाता
    ४८४ पटक

    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको अवधि अहिलेका लागि २५ वैशाखमा सकिँदै छ । योसँगै त्यसपछि नेपालमा लकडाउन कुन अवस्थाको हुने भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा यसबारे शुक्रबार चर्चा पनि भयो ।

    बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले २५ वैशाखदेखि लकडाउन खुकुलो बनाउने तयारी गरेको बताए । तर, अबको लकडाउनको मोडालिटी के हुनेछ ?

    यसबारे अहिलेसम्म कोरोनाभाइरस रोकथामका लागि बनेको उच्चस्तरीय समन्वय समितिमा चाहिँ छलफल भएको छैन । स्वास्थ्यमन्त्री ढकालले चाहिँ अब एम्बुलेन्सहरुलाई कसरी एकीकृत गरेर सेवा दिने भन्नेबारे गृहकार्य भएको बताए । उनले बैठकमा भने, ‘लकडाउनका कारण घरमा बिरामी भएका दीर्घरोगीहरुलाई अस्पतालको सेवाबाट वन्चित नहोस् भन्नका लागि एम्बुलेन्ससम्बन्धी व्यवस्थामा के गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’

    उनले कृषि, उद्योगधन्दा तथा अरु विभिन्न महत्वपूर्ण कामहरुको विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने सरकारले विचार गरिरहेको बैठकमा बताएका छन् ।

    यसको अर्थ हो, २५ वैशाखपछि पनि सरकारले केही समयका लागि लकडाउन लम्ब्याउने छ । तर, सरकारले योबीचमा लकडाउनको मोडालिटीमा भने केही परिवर्तन ल्याउने तयारी गरेको छ । नेपालमा ११ चैतबाट लकडाउन सुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)