News Portal

नेपालमा एकै दिन १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६९ पुग्यो

रातोपोस्ट संवाददाता
७६२ पटक

काठमाडौं । नेपालमा धेरै दिनपछि आज एकै दिन ठूलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालगञ्जमा ९ र पर्सामा एक गरी एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्