News Portal

  • नेपालमा पहिलो पटक ७ वर्षको बच्चामा पनि कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ४१५ पटक

    काठमाडौं। नेपालमा सात वर्षको बच्चामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार(आज) सात बर्षीय बच्चामा पनि कोरोना संक्रमण देखिएको जनाएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपालगञ्जका १० जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिए । तर संक्रमण देखिएका बालक वा बालिका भन्नेबारेमा भने उनले केही खुलाएनन् ।

    नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । आज नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)