News Portal

  • उत्थानशील चुरे क्षेत्र निर्माणका लागि ४ अर्ब ६८ करोड बढी अनुदान

    रातोपोस्ट
    ४१२ पटक

    काठमाडाैं। हरित जलवायु कोष (जीसीएफ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ।

    चुरे क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे ६ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ।

    अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे। उक्त परियोजना प्रदेश १, २ र बागमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिनेछ। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)