News Portal

राहत वितरणस्थलमा गोली चल्यो

रातोपोस्ट संवाददाता
१००० पटक

सिरहा । सिरहाको मिर्चैयास्थित राहत वितरण स्थलमा गोली चलेको छ । राहत वितरणमा विवाद हुँदा भीड तितर वितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाएको हो ।

मिर्चैया नगरपालिका–७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।

वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए ।

वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै दुई दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता बताएका छन् ।

प्रतिकृया दिनुहोस्