News Portal

  • काेराेना भाइरस : भारतमा ४२ हजार ८ सयभन्दा धेरै सङ्क्रमित

    रातोपोस्ट संवाददाता
    ५४७ पटक

    काठमाण्डौ। भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ८३ जनाको ज्यान गएको छ ।

    अब भारतभर कोरोना पोजेटिभ देखिएकाको सङ्ख्या ४२ हजार आठ सय ३६ भएको छ । सङ्क्रमितमध्ये २९ हजार ६ सय ८५ जनाको उपचार भइरहेको छ भने ११ हजार सात सय ६२ जना निको भएका छन् । एक हजार तीन सय ८९ जनाको ज्यान गएको छ ।

    यसैबीच दिल्लीमा थप तीन नियन्त्रित क्षेत्रलाई खुला गरिएको छ । योसँगै भारतको राजधानी दिल्लीमा नियन्त्रित क्षेत्रको सङ्ख्या ९० भएको छ ।

    खुला गरिएको क्षेत्रहरुमा अशोक नगर र आसपासको क्षेत्र, पूर्वी पटेल नगर र मोती नगर रहेका छन्, यी ठाउँलाई सोमबार सूचीबाट हटाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)