News Portal

  • वैशाख २५ गते पछि लकडाउन बढाउने सरकारको निर्णय

    रातोपोस्ट संवाददाता
    ३६३ पटक

    काठमाडौं। सरकारले पुनः लकडाउनको समयावधी बढाउने निष्कर्ष निकालेको छ । मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले लकडाउनकै कारण कोरोना फैलिन नपाएको निकर्ष निकाल्दै लकडाउन थप गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले २५ गतेसम्मको लकडाउन पुनः बढ्ने जानकारी दिए ।‘अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, यो सही छ भन्ने छलफलबाट निष्कर्ष निकालियो’, सचिव बिडारीले भने, ‘लकडाउन निरन्तर रहन्छ ।’

    नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

    बिडारीले भने ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

    बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए । लकडाउन कम्तिमा एक साता बढाउने सरकारको तयारी छ । भोलि बस्ने मन्त्रिपरिषद बैठकबाट लकडाउनबारे निर्णय हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)