News Portal

विपन्नलाई नि : शुल्क खाना खुवाउँदै धुर्मुस–सुन्तली

रातोपोस्ट संवाददाता
७२६ पटक

काठमाडौं । लकडाउनका कारण दैनिक ज्यालदारी गरेर जीवन चलाउने मजदुरहरु निकै समस्यामा परेका छन् । उनीहरुलाई दैनिक खाना खान समेत समस्या देखिएको छ । यस्ता समस्यामा रहेकाहरुका लागि धुर्मस सुन्तली फाउन्डेसनले निःशुल्क खाना खुवाउने काम सुरु गरेको छ ।

फाउन्डेसनल प्रतिभा बहुउदेश्यीय सहकारी संस्थाको सहकार्यमा २३ बैशाख (आज) मंगलबारबाट खाना खुवाउने काम सुरु गरेको हो । जसको जानकारी फाउन्डेसनले सामाजिक सञ्जालमार्फत गराएको छ ।

‘कोरोना संक्रमण र यसको कारण सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारको समस्यालाई आत्मसात गर्दै फाउन्डेसनले खाना खुवाउने कार्यक्रम राखेको छ’ फाउन्डेसनले जानकारीमा अगाडि लेखेको छ ‘ललितपुर महानगरपालिका १४ नम्बर वडा स्थित थसिखेलमा रहेको प्रतिभा सहकारी भवनमा भोजको व्यवस्था गरिएको छ ।’

फाउन्डेसनले बिहान ९देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खाना खुवाउने ब्यावस्था गरेको हो ।

प्रतिकृया दिनुहोस्